Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ९.६० लाखले पाए १० कित्ता

अर्थ संसार

शनिबार, ३० असार २०८०, १४ : ३० मा प्रकाशित

आइएमई लाइफको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ९.६० लाखले पाए १० कित्ता

आइएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको असार २१ गते, बिहीबारदेखि साधारण सेयर (आईपीओ) काे बाँडफाँड भएकाे छ । 

धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटमा आज सम्पन्न आइपीओ बाँडफाँडमा ११ लाख ९५ हजार ९३२ आवेदकबाट कुल १ करोड ४५ लाख ५ हजार ३९० कित्ता शेयर माग भएको थियो। जसमा ११ लाख ८८ हजार ९९६ आवेदकबाट परेको कुल १ करोड ४३ लाख ७२ हजार ५७० कित्ता शेयर योग्य भएको छ भने ६ हजार ९३६ आवेदकबाट परेको १ लाख ३२ हजार ८२० कित्ता सेयरको आवेदन रद्द भएको छ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १२ लाख ९० हजार ७४१ जना लगानीकर्ताहरूले कुल १ करोड ५७ लाख ८७ हजार १५० कित्ताको लागि आवेदन दिएका थिए  । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १.६४ गुणा बढी आवेदन हो । 

मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएकोमा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने २ लाख २८ हजार ९९६ आवेदकको हात खाली भएको छ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियाे ।जसमध्ये पहिलाे चरणमा १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भएकाे थियाे । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियाे । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको