Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ आर्थिक वर्षको सुरुवातसँगै बढ्यो हवाई भाडा दर

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, ११ : ११ मा प्रकाशित

नयाँ आर्थिक वर्षको सुरुवातसँगै बढ्यो हवाई भाडा दर

वायुसेवा कम्पनीहरूले हवाई भाडा दर ६ प्रतिशतले बढाएका छन् । सरकारले मूल्य अभिवृद्धि कर लगाएपछि हवाई भाडा बढेको हो । नेपाल वायुसेवा सञ्चालक संघले हिजो (आइतबार) प्रेस विज्ञप्ति जारी गरी आन्तरिक उडानमा भाडा वृद्धि गर्ने जानकारी दिएको थियो । आर्थिक वर्ष २०८०–०८१ को बजेटमा हवाई यातायात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले सेवा शुल्कबापत १३ प्रतिशत भ्याट लगाएको छ ।

तर, हवाई टिकटमा भ्याट कार्यान्वयन गरेपनि १३ प्रतिशतकै दरमा शुल्क बढाइएको छैन । हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्रीलगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढाइएको हो ।

नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले आन्तरिक हवाई उडानका लागि टिकटमा यात्रु सेवा शुल्क, इन्धन खर्च र हवाई शुल्क गरी तीन शीर्षकका मूल्यका आधारमा अभिवृद्धि कर जोडेर टिकटको मूल्य निर्धारण हुन लागेको जानकारी दिए। उनले भने, “सरकारले गरेको व्यवस्था अनुसार पहिलो पटक हवाई भाडामा मूल्य अभिवृद्धि कर लागु हुन लागेको हो। हवाई टिकटको मूल्य सोमबारदेखि बढ्ने भएकाले यसअघि नै टिकट काटेका यात्रुले समेत १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नुपर्ने हुन्छ। हवाई कम्पनीले कसरी लिन्छन् भन्ने स्पष्ट भने छैन।” आन्तरिकतर्फको हवाई भाडा बढे पनि नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीले भने हवाई भाडा बढाएका छैनन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको