Like us!
Follow us!
Connect us!
Watch us!

चमेलिया जलविद्युत् आयोजनाको परिक्षण गर्न अपिको विद्युत् जोडिने

विहीबार, ०९ कार्तिक २०७४, १२ : ०२ मा प्रकाशित

चमेलिया जलविद्युत् आयोजनाको परिक्षण गर्न अपिको विद्युत् जोडिने

अर्थ संसार, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।

प्राधिकरणले आगामी मंसिर १५ गते उक्त आयोजनाबाट विद्युत् उत्पादन गर्ने जनाएको छ ।
आयोजनाको मुख्य सुरुङमा भोलि ११ कात्तिकदेखि पानी पठाउने तयारी आयोजनाले गरेको छ । सुरुङमा पानी पठाएर सुरुङको क्षमता मापन गरिनेछ ।

आयोजनाको प्रसारण लाइनको परिक्षणका लागि अपि पावरको विद्युत् जोड्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । अपि पावरले हाल ८.३ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।

आयोजना सञ्चालनको प्रक्रिया सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार मंसिर१५ गते आयोजना सञ्चालनको तयारी गरिएको छ ।

प्राधिकरणले यही कात्तिक १८ गतेबाट परीक्षण सुरु गर्ने तयारी गरेको छ । परिक्षण सुरु भएको करिब  एक महिनाभित्र व्यापारिक उत्पादन सुरु गरिनेछ ।

आयोजनाको लागत समेत बढेर करिब १६  अर्बको हाराहारीमा पुगेको छ । ३० मेगावाट विद्युत् उत्पादन हुँदा त्यसले सुदुरपश्चिम र मध्यपश्चिमको विद्युत् माग धान्न सहयोग पुग्ने विश्वास लिइएएको छ ।

चमेलियामा उत्पादन भएको विद्युत् प्रसारण गर्ने बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन समेत चार्ज गर्ने तयारीमा प्राधिकरण गरेको छ ।  २०६३ मा निर्माण सुरु भएको आयोजना  २०६८ सालमा सम्पन्न गर्ने कार्यतालिका बनाइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको