भारतकी केन्द्रिय अर्थमन्त्री निर्मला सीतारामनले वित्तीय अपराध, मनी लान्ड्रिङ र क्रिप्टोकरेन्सी सहित विभिन्न सम्पत्ति वर्गहरूको जानकारीलाई साँझा गर्न विश्वव्यापी ढाँचालाई अझ बलियो बनाउन आवश्यक रहेको बताएकी छिन् ।
गत आइतबार कर छली, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण विरुद्धको जी–२० उच्चस्तरीय कर गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री सीतारमनले यस्तो बताएकी हुन् ।
सीतारामनले गोष्ठीलाई सम्बोधन गर्दै भनिन्, ‘जी–२० ले देशहरूलाई कानून प्रवर्तन क्षमता अभिवृद्धि गर्न सहयोग गर्न जारी राख्नेछ।’
सीतारामनले सहरहरूमा पूर्वाधारको दिगो विकासलाई प्रवर्द्धन गर्न, निजी लगानीलाई आकर्षित गर्न र कोषको खाडललाई पूरा गर्न आवश्यक रहेको बताइन्।
जी–ट्वान्टी पूर्वाधार लगानी संवादलाई सम्बोधन गर्दै अर्थमन्त्रीले प्रमुख बजारमा मौद्रिक नीतिमा कडाई आएसँगै पूर्वाधारमा वित्तीय लगानीको अवस्था झनै चुनौतीपूर्ण भएको बताइन् ।-Photo Source: ANI
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस