नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले सामना गरिरहेका चुनौतीहरू समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन्। हाल जनतासँग पार्टीको सम्बन्ध केही कमजोर देखिए पनि त्यसलाई पुनः सुदृढ बनाउन सकिनेमा उनी आशावादी छन्। त्यसका लागि खुला आत्मसमीक्षा, संगठनभित्रको एकता र अनुशासन अपरिहार्य रहेको उनको भनाइ छ। पार्टीभित्र नेतृत्व परिवर्तनबारे बहस चलिरहेका बेला महासचिव पोखरेलले फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्, ‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ । समस्या छन्, समाधान गर्न सकिन्छ । निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको छ, त्यसलाई पुन: मजबुत बनाउन पनि सकिन्छ । तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्विकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन् । यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन् ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस