Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्टकाे आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

मंगलबार, ०२ साउन २०८०, १३ : २५ मा प्रकाशित

घोराही सिमेन्टकाे आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड असार ३१ गते, आइतबार नै सम्पन्न भइसकेकाे छ ।  

कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम २२६ रूपैयाँ ६१ पैसादेखि अधिकतम ६ सय ७९ रुपैयाँ ८३ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । 

कम्पनीकाे आर्थिक वर्ष २०७८/७९ को प्रतिसेयर नेटवर्थ २२६ रूपैयाँ ६१ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ६ सय ७९ रुपैयाँ ८३ पैसा हुन्छ ।

घोराही सिमेन्टले सर्वसाधारणलाई अंकित  मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता आईपीओ निष्कासन गरेको थियाे। 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म कुल ५ लाख ८१ हजार ५ सय ४६ जना लगानीकर्ताहरूले १ करोड ३ लाख २४ हजार २ सय ६० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये ५ लाख ५७ हजार ७ सय १ जना लगानीकर्ताहरूकाे आवेदन मात्र योग्य रहेकाे थियाे । आवेदन दिएका सबै लगानीकर्ताहरूले आईपीओ पाएका छन् । लगानीकर्ताहरूले न्युनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म सेयर पाएका छन् । 

कम्पनीका अनुसार १० कित्तादेखि ७० कित्तासम्मको लागि आवेदन दिने ५ लाख ५३ हजार ४४ जना लगानीकर्ताहरूले माग गरे बमोजिम कै सेयर पाएका छन् । त्यस्तै ८० कित्तादेखि ३० हजार कित्ताको लागि आवेदन दिने ४ हजार ६ सय ५७ जनाले समान ७० कित्ता सेयर पाएका छन् । बाँकी रहेको ६ हजार ९ सय १० कित्ता सेयर गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ । जस अनुसार ७० कित्ता सेयर पाएका ४ हजार ६ सय ५७ जनामध्येबाट ६ सय ९१ जनाले थप १० कित्ताको दरले सेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले कुल ८० कित्तासम्म सेयर पाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको