Like us!
Follow us!
Connect us!
Watch us!

हिन्डनबर्गमाथि पुनः खनिए गौतम अडानी भने, ‘हिन्डनबर्गको रिपोर्ट गलत र आधारहीन छ’

अर्थ संसार

मंगलबार, ०२ साउन २०८०, १३ : २१ मा प्रकाशित

हिन्डनबर्गमाथि पुनः खनिए गौतम अडानी भने, ‘हिन्डनबर्गको रिपोर्ट गलत र आधारहीन छ’

गौतम अडानीले पुनः हिन्डनबर्गको रिपोर्ट गलत र आधारहीन भएको बताएका छन् । उनले यो प्रतिवेदन जानाजानी हाम्रो छविलाई कलंकित गर्न र समूहलाई बदनाम गर्न रोपिएको बताए् । मंगलबार समूह कम्पनीहरुको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अडानीले भने, ‘हिन्डनबर्गको रिपोर्ट गलत र आधारहीन छ । यो प्रतिवेदन जानाजानी हाम्रो छविलाई कलंकित गर्न र समूहलाई बदनाम गर्न रोपिएको।’  

प्रतिवेदनमा अडानीमाथि लगाइएका आरोपहरू सन् २००४ देखि २०१५ सम्मका थिए। उनले यो प्रतिवेदन हाम्रो प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले गरिएको नियोजित र दुर्भावनापूर्ण प्रयास भएको बताए ।

अडानीले भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको बताएका छन् । सन् २०३० सम्ममा भारतको अर्थतन्त्र तेस्रो ठूलो हुनेछ भने सन् २०५० सम्ममा यो विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुने उनले दाबी गरेका छन् । यसका लागि केन्द्रमा स्थायी सरकार हुनु जरुरी छ । उनले मुलुक ५ ट्रिलियन डलरको अर्थतन्त्र बन्नेमा विश्वस्त रहेको बताए । 

अडानीले भने, ‘कुनै पनि अन्तर्राष्ट्रिय क्रेडिट एजेन्सीले अडानी समूहको रेटिङ घटाएको छैन।’ यो उल्लेखनीय छ कि यस वर्ष २४ जनवरीमा हिन्डनबर्ग रिसर्चले अडानी समूहको बारेमा एक रिपोर्ट प्रकाशित गरेको थियो। प्रतिवेदनमा उक्त समूहलाई सम्पत्ति शुद्धीकरणदेखि सेयरमा हेरफेर गरेको आरोप लगाइएको थियो । यसपछि समूहको सेयरमा भारी गिरावट आएको थियो । अडानी समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजको सेयर मूल्य प्रतिसेयर करिब ३ हजार ५ सय रुपैयाँबाट घटेर १ हजार रुपैयाँमा पुगेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको