भारतीय अर्बपति गौतम अडानीविरुद्ध अमेरिकाले ठगीको आरोप लगाएको छ। अडानीलाई अमेरिकामा पैसा उठाउन २५० मिलियन डलर घूस दिने योजना बनाएको आरोप लगाइएको हो । न्यूयोर्कमा बुधबार अडानीविरुद्ध घोखाधडीको आरोप दायर गरिएको बिबिसीले उल्लेख गरेको छ ।
६२ वर्षीय अडानी भारतका धनाढ्य व्यक्तिहरूमध्ये एक हुन्, जसको व्यवसायिक साम्राज्य बन्दरगाह, विमानस्थलदेखि नवीकरणीय ऊर्जासम्म फैलिएको छ। अभियोगपत्रमा, अडानी समूहले अमेरिकामा नवीकरणीय उर्जा कम्पनीले २० बर्षमा २ बिलियन डलर भन्दा बढी नाफा हुने भन्दै लगानी उठाएको आरोप लगाइएको छ ।
पछिल्ला केहि महिना देखि नै अडानीविरुद्ध अनुसन्धानको चर्चा चलिरहेको र अमेरिकाले भने २०२२ देखि नै अडानीका कम्पनीबारे अनुसन्धान गरिरहेको पाइएको छ । अडानी समुहले झुटो रिपोर्ट तथा घुस समेत दिएर अमेरिकी फर्महरू लगायतका ऋण र बन्डहरूमा ३ बिलियन डलर भन्दा बढी उठाएको आरोप लागाईएको छ । अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी व्यापारी मानिन्छन् ।
पछिल्लो हप्ता अडानीले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई अमेरिकी राष्ट्रपतीय चुनाव जितेकोमा बधाई दिँदै अमेरिकामा १० बिलियन डलर लगानी गर्ने वाचा गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस