अर्थ संसार, काठमाडौैं– नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समितिको रुपमा प्रोडक्टिभीटि एण्ड इन्नोभेसन समिती गठन गरेको छ ।
महासंघको निर्वाचन सम्पन्न भएको झण्डै छ महिना पछि उक्त समिती गठन गरिएको हो । यो महासंघको अन्तिम समिती हो ।
महासंघको विद्यान को दफा ३८ग अनुसार यो समिति गठन गरिएको छ । उक्त समितीमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं पूर्व बाग्मती अंञ्चल संयोजक मनिष लाल प्रधानलाई समितीको सभापतीमा नियुक्त गरिएको महासंघले जनाएको छ ।
नवगठित समितीले औद्योगिक एवं व्यवशायिक क्षेत्रको उत्पादकत्व बृद्धि गर्ने कार्यमा प्रभावकारी एवं जिम्वेदार पूर्णढंगले भूमिका बहन गर्ने जनाईएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस