Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमै पहिलो पटक अण्डरग्राउण्ड ग्यारेज पार्टी गर्दै होटल मेरियट

अर्थ संसार

मंगलबार, ०२ साउन २०८०, १६ : ०० मा प्रकाशित

नेपालमै पहिलो पटक अण्डरग्राउण्ड ग्यारेज पार्टी गर्दै होटल मेरियट

काठमाडौंको नक्सालमा रहेको होटल मेरियट काठमाडौंले रात्रीकालीन ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ आयोजना गरेको छ । आगामी शुक्रबार हुने पार्टीमा सहभागी हुनेहरूले रात्रीकालीन जीवनका अद्भुद् दृश्यहरूको मज्जा लिन सक्नेछन् । सहभागीहरूका लागि यो पार्टी अविष्मरणीय र नौलो हुने होटलले जनाएको छ ।

सो कार्यक्रममा देशकै चर्चित डिजेहरूको प्रस्तुती रहनेछ । यसकिसिमको रात्रीकालीन पार्टी यसअघि नभएको समेत होटलले जनाएको छ । बिपीएम, वाईएनजेडएन, ओ मान्शी लगायतका डिजेहरूले कार्यक्रममा मनोरञ्जन दिलाउनेछन् ।

कार्यक्रममा विभिन्न पेय पदार्थहरूको स्वादसँगै झुम्न सकिने होटलको भनाइ छ । होटलले विभिन्न किसिमका पेय पदार्थको समिश्रणमार्फत ककटेल स्वाद समेत दिलाउने बताएको छ। जसले दर्शकहरूलाई पार्टीको थप मज्जाको अनुभूति दिनेछ ।

होटलका क्लस्टर जनरल म्यानेजर विशाल मेहराले सो रात्रीकालीन पार्टी विर्षनै नसकिने प्रकृतिको हुने बताए । उनले भने,‘हामी हाम्रा पाहुनाहरूलाई नौलो तथा अद्भुद् अनुभूति प्रदान गर्नका लागि प्रतिवद्ध छौँ ।’

कति लाग्छ शुल्क ?

पार्टीमा जो कोहीले सहभागीता जनाउन सक्नेछन् । अहिले सहभागीताका लागि सीमित टिकट रहेको होटलले जनाएको छ । सहभागीताका लागि प्रतिव्यक्ति ९ सय ९९ रुपैयाँमा टिकट बुक गर्न सकिनेछ ।  सो शुल्कमा एउटा वियर समेत उपलब्ध हुने होटलले जनाएको छ ।

साथै होटलले भिआईपी प्याकेज समेत उपलब्ध गराएको छ, जुन ७५ हजार रुपैयाँबाट सुरू हुन्छ । जसमा ६ जना ग्राहक सहभागी हुन सक्नेछन् ।

टिकट बुक गर्नका लागि ९८०१२२८९९२ मा फोन तथा [email protected] मा इमेल गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको