Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट थप ४० मेगावाट विद्युत् ल्याइदै, कुलमानले गरे दिल्लीमा सम्झौता

विहीबार, ०९ कार्तिक २०७४, १५ : ३७ मा प्रकाशित

भारतबाट थप ४० मेगावाट विद्युत् ल्याइदै, कुलमानले गरे दिल्लीमा सम्झौता

अर्थ संसार, काठमाडौँ–  नेपाल विद्युत प्राधिकरणले भारतबाट थप ४० मेगावाट विद्युत् आयात गर्ने भएको छ । उक्त विद्युत् टनकपुर नाकाबाट आयात गर्न लागिएको हो ।

गत वर्ष उच्चतम ३५ मेगावाटसम्म आयात भएकोमा यो वर्ष थप ५ मेगावाट थप आयात गर्न लागिएको हो । यस्तै प्राधिकरणले सोह्ी स्थानमा अर्को ट्रान्सफर्मर राखेर थप ३५ मेगावाट विद्युत् आयात गर्न लागेको छ ।

विद्युत् आयात गर्ने सम्बन्धमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतीय पक्षबाट राजीवकुमार मिश्राले हस्ताक्षर गरेका छन् ।

महाकाली सन्धिअनुसार पाउँदै आएको वार्षिक ७ करोड युनिटबाहेक थप विद्युत आयात गर्न प्राधिकरणले भारतको पावर ट्रेड कर्पोरेशनसँग सम्झौता गरेको छ ।

महेन्द्रनगर–टनकपुर प्रसारण लाइनबाट २२ देखि ३० मेगावाटसम्म विद्युत आयात गर्न पिटिसीसँग सम्झौता भएको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले बताए ।

अधिकारीका अनुसार सम्झौता कात्तिक १५ बाट लागु भई जेठमा सकिने छ । यो पुरानै सम्झौताको नविकरण हो ।
टनकपुर नाकाबाट ४० मेगावाटसम्म विद्युत आयात हुँदा सुख्खा याममा सुदुर पश्चिमको माग व्यवस्थापन सहज हुने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको