Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकसँग बारम्बार कुरा भईराछ, आगामी माैद्रिक नीति सेयर बजारलाई खास हुनेछ : हमाल (भिडियो)

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, १७ : ५१ मा प्रकाशित

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का अध्यक्ष रमेश कुमार हमालले यसपालीकाे माैद्रिक नीति सेयर बजारका लागि खास हुने बताएका छन् । आज बाेक्रर नम्बर ६२ अर्थात् क्यापिटल म्याक्स सेक्युरिटीजकाे उद्घाटन कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

उनले नेपाल राष्ट्र बैंकसँग आफ्नाे बारम्बार कुरा भईरहेकाे बताए । आफू गभर्नर महाप्रसाद अधिकारीसँग निरन्तर संवादमा रहेकाे बताउँदै उनले सेयर बजारका लागि आउने माैद्रिक नीति खास हुने बताए ।

माैद्रिक नीतिमा सेयर बजारका समस्याहरू सम्बाेधन हुने उनले जानकारी दिए । साथै, आगामी माैद्रिक नीतिमा पूँजी बजारलाई राम्ररी समेटिने पनि उनले स्पष्ट पारेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको