Like us!
Follow us!
Connect us!
Watch us!

काँग्रेस र एमाले भन्दापनि नयाँ दलप्रति कार्यकर्ताको आकर्षण बढ्दै

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १२ : ०८ मा प्रकाशित

काँग्रेस र एमाले भन्दापनि नयाँ दलप्रति कार्यकर्ताको आकर्षण बढ्दै

बलियो संगठन भएका नेपालका प्रमुख दल नेपाली काँग्रेस र नेकपा (एमाले)मा आकर्षण घट्दै गएको छ । ती दलहरुमा सक्रिय हजारौं कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । छाडेकाहरु मध्ये कतिपयले नयाँ उदाएका दलहरुमा प्रवेश गरेका छन् त कतिपय निष्कृय भएका छन् ।

नेकपा एमालेले २०८० अजार ३० सम्म पार्टी सदस्यता नवीकरण गराउँदा ३ लाख भन्दा कमले मात्र गरेका छन् । जब कि २०७८ मा दशौं महाधिवेशन हुँदा एमालेले ८ लाख सदस्यता वितरण गरेको थियो । एमालेको सदस्यता नवीकरण २५ प्रतिशत मात्र भएको विषय उक्त दलभित्र बहसको विषय बनिसकेको छ ।

नेपाली काँग्रेसको २०७८ मा भएको १४औं महाधिवेशनमा ८ लाख ७० हजार कार्यकर्ता रहेको तथ्यांक थियो । त्यसपछि काँग्रेसले सदस्यता नवीकरणबारे केही खुलाइएको छैन । काँग्रेसमा आधा भन्दा बढीले नवीकरण नगरेको उक्त दलका एक नेताले बताए ।

नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा कार्यकर्ताको संख्या घट्दै गएको विषय उठेको छ । महामन्त्री गगन थापाले देशव्यापी अभियान बनाएर कार्यकर्तालाई सक्रिय बनाउनुपर्ने र संगठन विस्तार गर्नुपर्ने प्रस्ताव ल्याएका छन् ।
नेपालमा नयाँ दलहरु उदाएका छन् । जसमध्ये रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी एक हो । उक्त दलले सदस्यताको अनलाइन आवेदन खोल्दा लाखों आवद्ध भएका छन् । जसमध्ये काँग्रेस र एमाले कार्यकर्ता पनि छन् । 

२०७९ मङ्सिर ४ गतेको चुनावपछि उदाएका जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीमा पनि केही आकर्षण देखिएको छ । राजनीतिक विश्लेषकहरुले नेपालको राजनीतिले नयाँ अवतार लिन लागेको बताएका छन् । पुराना दलहरुमा परिवर्तन नआए नयाँ बनेका दलहरुले बलियो पकड बनाउँदै जाने उनीहरुको भनाई छ ।

मङ्सिर ४ को चुनावमा रास्वपाले १९ सिट ल्याएको थियो । उपचुनावमा थप सिट जोड्दै संसदमा २० सिट बनाएको छ ।  रास्वपाका अलावा जनमत पार्टी र नागरिक उन्मुक्तिले पहिलोपटक संसदमा प्रवेश बनाउन सफल भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको