Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति: डलर सटही सीमा बढाइयो

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १४ : ०३ मा प्रकाशित

मौद्रिक नीति: डलर सटही सीमा बढाइयो

विदेश घुम्न जाने नेपालीले पाउने डलर सटही सीमा बढाइएको छ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीतिमार्फत् भारतबाहेक अन्य देशको भ्रमणमा जाने नेपालीले वर्षमा २ पटकसम्म २५ सय डलरसम्म साट्न पाउने भएका हुन् । 

यसअघि भारतबाहेक अन्य देशको भ्रमणमा जाने नेपालीले अमेरिकी डलर १५ सयसम्म सटही सुविधा पाउँदै आएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् भनेको छ, ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको