Like us!
Follow us!
Connect us!
Watch us!

टिप्पणी: राष्ट्रबैंकले कारोबार समय मै दियो सप्राइज, नियामक जिल्लै

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १९ : ५२ मा प्रकाशित

टिप्पणी: राष्ट्रबैंकले कारोबार समय मै दियो सप्राइज, नियामक जिल्लै

आज झन्डै दिनको दुई बजे राष्ट्रबैंकले आफ्नो वेबसाइट मार्फत मौद्रिक नीति सार्वजनिक गर्यो। सार्वजनिक पनि भयो यस्तो बेला जुन बेला नेप्सेमा कारोबार चल्दै थियो। मौद्रिक नीतिले असर नगर्ने त् कुरा नै भएन। नगरोस पनि कसरी,मौद्रिक नीति पछि नै ३२०० पुगेको नेप्से इन्डेक्स अहिले २२०० को वरिपरि घुमेको छ, घट्नुको कारण सबैले राष्ट्र बैंक र बैंकले अगाडी वर्षका सार्वजनिक गरेको मौद्रिक नीतिलाई नै दोष दिने गरेका छन्। 

आज मौद्रिक नीति सार्वजनिक हुनुभन्दा केहि समय अगाडी नै समाचार लिक भएर  बजार बढ्न थालिसकेको थियो। जब राष्ट्र बैंकले सार्वजनिक गर्यो , त्यसपछि झन् आगोमा घिउ थपेको जसरी आक्रामक शैलीमा नेप्से बढ्न थाल्यो। बजार प्रभावित पार्ने निर्णय कारोबार समयमा नगर्ने चलन छ।  कुनै सुचिकृत कम्पनीले  त बैठक मात्र पनि बस्यो भने नेप्सेले त्यस कम्पनीको कारोबार नै रोक्का गर्ने गरेको छ। 

तर आज बजारलाई प्रभावित मात्र पर्ने होइन बजारको दिशा नै परिवर्तन गर्न सक्ने समाचार त्यो पनि कारोबार समयमा आएपछि  अरु नियामक भने जिल्लै परे। कारबाही त परै जावस टिप्पणी गर्न पनि नसक्ने अवस्थामा पुगेका छन् अरु नियामक। राष्ट्रबैंक माथि कारबाही गर्ने अधिकार केबल नेपाल सरकार र अर्थमन्त्रालयमा छ त्यो पनि कुनै नियमलाई उल्लघंन गरेमा। उसको नियम कानुन अनुसार राष्ट्र बैंकले कुनै नियम कानुन उल्लघंन गरेको पनि छैन किनभने सेबोन र नेप्सेको नीतिले राष्ट्र बैंकलाई छुदैन।  

राष्ट्र बैंकलाई पनि मौद्रिक नीतिले सेयरबजारलाई गर्छ भन्ने हेक्का नभएको होइन  बरु जानाजान नै सप्राइज दिने कोसिस पनि घुमाउरो पारामा गरेको छ।  जे होस् लगानीकर्ता मौद्रिक नीति प्रति सकारात्मक छन्। बजारमा सकारात्मक माहोल देखिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको