Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगी सौरभ ज्योतिको स्वरमा नेवारी गीत ‘छ जी’ सार्वजनिक

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, ०९ : ३६ मा प्रकाशित

उद्योगी सौरभ ज्योतिको स्वरमा नेवारी गीत ‘छ जी’ सार्वजनिक

ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिको स्वरमा नेवारी गीत ‘छ जी’ सार्वजनिक भएको छ । प्रेमभावमा आधारित गीतमा ज्योतिकै शब्द छ भने जेम्स प्रधानले संगीत तथा एरेन्ज गरेका छन् ।

ज्योतीले एक वर्षसम्म मन मस्तिष्क लगाएर रचेको छ(जीले दर्शक माँझ राम्रो प्रतिक्रिया पाउने आशा राखेको छ।  नेवारी भाषामा भएतापनि यसको हृदय स्पर्शी धुन र भिडियो मार्फत् सबै पृष्ठभूमीका दर्शकहरु माँझ गहिरो छाप छोड्ने छ।  

एउटा कलाकारको रुपमा ज्योतीले यस गीतको लेखनमा मात्र नभई गीतको रचनाको प्रत्येक चरणमा सक्रिय भएका थिए जसले संगीतप्रतिको उनको गहिरो प्रतिबद्धता र लगावलाई झल्काउँछ। त्यसैगरी,  यसै भिडियो मार्फत्  मोडल तथा अभिनेत्री ज्योत्सना योगीले डिरेक्टरियल डेब्यु गरेकी छन्  भने  जेम्स प्रधानले रचना तथा प्रडक्सन गरेका छन् । 
संगीत प्रेमीहरूको लागि पहुँचयोग्य बनाउन यो गीत सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ।

गीत युट्युबका साथै अन्य संगीत प्लेटफर्ममा पनि उपलब्ध रहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको