अर्थ संसार, काठमाडौं– रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनी ६.०.३१५७ लाभांश दिइएको छ । आज (कात्र्तिक १० गते शुक्रबार ) नेपाल प्रशासनिक प्रतिष्ठानको सभाकक्षामा सम्पन्न कम्पनीको १६ औँ वार्षिक साधारणसभा उक्त लाभांश पारित गरेको हो ।
साधारणसभाबाट कम्पनीले आफ्ना सेयरधनीहरुलाई ६.० प्रतिशतका दरले बोनस सेयर र ०.३१५७ नगद लाभांश (बोनस सेयरमा कर लाग्ने कर प्रयोजन ) उपलव्ध गराउने निर्णय गरेको हो ।
कम्पनीको संचालक समितिका अध्यक्ष बच्छराज तातेडको अध्यक्षतामा सम्पन्न भएको सधारणसभामा ७६.४ प्रतिशत सेयरधनीको उपस्थिति रहेको थियो ।
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रमुख प्रवद्र्धक भई संचालन गरिरहेको इवाखोला आयोजना निर्माणधिन अवस्थामा रहेको छ र यसै वर्ष निर्माण सम्पन्न भई आर्य आर्जन गर्न सुरु गर्नेछ । रैराङ हाइड्रो पावर कम्पनीमा यस कम्पनीको २५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लम्विनी अंचलको बुटवलमा ८.५ मेगावाट क्षमताको ग्रिडमा जोडिने सोलार निर्माण गर्ने अनुमति पत्र प्राप्त भैसकेको कम्पनीका सञ्चालक कुवेरमणि नेपालले बताउनुभयो ।
सञ्चालक नेपालका अनुसार यस आयोजनाको निर्माण सम्पन्न भएपछि सेयरधनी महानुभावहरुले उच्चदरले लाभांश प्राप्त गर्नेछन् । साधारणसभाले सोलार आयोजना निर्माणका लागि थप पूँजीको आवश्यकता पर्ने हुँदा कम्पनीले आफ्नो अधिकृत पूँजीमा वृद्धि गरी रु १०० करोड पुर्याउने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
कम्पनीले रिडी खोला जलविद्युत आयोजना निर्माणको लागि लिएको बैंक ऋण चुक्ता हुँदै गई ऋण मुक्त हुन लागेको छ । कम्पनीले आगामी वर्ष उच्चदरले लाभांश उपलव्ध गराउदै जाने हुँदा कम्पनीको सेयरको मूल्य वृद्धि हुने आशा गरेका छौँ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस