अर्थ संसार, काठमाडौँ – ढल्केबर मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनबाट आयात भइरहेको विद्युत् आयात सम्बन्धी सम्झौता नविकरण भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् व्यापार निगम(एनभिभिएन)सँग विद्युत् खरिद सम्झौता आज नविकरण गरेको हो ।
पछिल्लो पटक नविकरण गरिएको उक्त सम्झौता आगामी पुस १६ गतेसम्म कायम रहने गरी सम्झौता नविकरण गरिएको छ । त्यसपछि पुनः अर्को सम्झौता गर्ने प्राधिकरणका प्रबक्ता प्रबल अधिकारीले जानकारी दिए ।
ढल्केबर– मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनबाट सो सम्झौता अनुसार १६० मेगावाट विद्युत् आयात गरिनेछ । उक्त विद्युत् प्रतियुनिट रु ५.७७ मा आयात हुनेछ ।
ढल्केबरमा सवस्टेशन निर्माण सम्पन्न भएको भए उक्त प्रसारण लाइनबाट आगामी हिउँदमा २०० मेगावाट विद्युत् आयात गर्ने तयारी प्राधिकरणले गरेको थियो । तर चिनियाँ ठेकेदारसँग प्राधिकरणले गरेको सम्झौता तोडिएपछि आगामी हिउँदमा सो प्रसारण लाइनबाट थप विद्युत् भने आयात नहुने भएको छ ।
नविकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गर्नुभएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस