Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीलाई सोल्टी होटेलको आग्रह– पुरानो लिन बाँकी रहेको लाभांश बुझिलिनुस्

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, १० : ५४ मा प्रकाशित

सेयरधनीलाई सोल्टी होटेलको आग्रह– पुरानो लिन बाँकी रहेको लाभांश बुझिलिनुस्

सोल्टी होटेलले आफ्ना सेयरधनीहरुलाई पुरानो लिन बाँकी रहेको लाभांश बुझिलिन आग्रह गरेको छ । होटलले एक सूचना प्रकाशित गर्दै पाँच वर्षसम्म कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको खण्डमा लाभांश रकम ऐनअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकोले हालसम्म पनि लाभांश रकम लिन छुटेका लगानीकर्तालाई सो लाभांश बुझिलिन आग्रह गरेको हो ।

होटेलले यसअघिका विभिन्न साधारणसभाबाट पारित भएबमोजिमका नगद लाभांश लिन बाँकी सेयरधनीहरुलाई बुझिलिन आउन आग्रह गरेको हो ।

लाभांश रकम लिन बाँकी रहेका सेयरधनीहरुको विवरण सोल्टी होटेलको वेबसाइटमा पनि राखिएको सूचनामा उल्लेख छ । नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुले आवश्यक कागजपत्रसहित सेयर रजिस्ट्रार एनआईएमबि एस क्यापिटलमा सम्पर्क गरी लिन सक्ने कम्पनीले सूचनामार्फत् जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको