Like us!
Follow us!
Connect us!
Watch us!

देशकै यी ठुला मिटरब्याजीविरुद्ध जि.प्र.का ललितपुरले थाल्यो कारवाही प्रक्रिया

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १२ : १४ मा प्रकाशित

देशकै यी ठुला मिटरब्याजीविरुद्ध जि.प्र.का ललितपुरले थाल्यो कारवाही प्रक्रिया

२०८० साल बैशाख २० गते गठन भएको अनुचित लेनदेन (मिटरब्याज)को आयोग गठन भएको लगत्तै ललितपुरमा मात्र २०० भदा बढी मिटरब्याज पिडित पक्षले उजुरी दिएका थिए ।  

ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेमा देशकै सबैभन्दा ठुलो मुद्धा समस्यामा परेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाँइले दर्ता गराएका थिए । उनले १५ जना मिटरब्याजी विरुद्ध ५ अर्ब ४० करोड बराबरको मुद्धा ०८० असार १२ गते जिप्रका ललितपुरमा दर्ता गराएका थिए । सो मुद्धामा ०८० साल असार २५ गतेदेखि छानवीन सुरु भएको थियो । छानविन सुरु भए लगत्तै २ जना मिटरब्याजीले चलनचल्ती भन्दा बढी लगेको ब्याज फिर्ता गरेका मिटरब्याज पिडित चौलागाइले बताए । उनले उजुरी दिएकामध्ये बाँकी १३ जनासँग ठुलो कारोबार भएको कारण छानबीन गर्न समय लागेको देखिन्छ ।

चौलागाइले दर्ता गरेको मुद्धामा सबैभन्दा धेरै कारोबार पुल्चोकका रोविन मर्हजनसँग भएको पाइएको छ । उनीसँग करिव ४ अर्ब करोबार भएको चौलागाइको दाबी छ । विवरण हेर्दा रोविन मर्हजनले चौलागाइलाई दिएको कारोबार ६० करोड छ भने उनले चौलागाइसँग ४ अर्ब बराबर बैंकमार्फत लिएको देखिएको छ । सामान्य जग्गाको कारोबार गर्ने रोविन मर्हजनको ३ बर्ष यता करिव ६ अर्ब सम्पति थुप्रिएको सेतले बतायो । उनको ललितपुर सैबु भैसेपाटी आवासभित्र ३ वटा घर, करिव ५० करोड मुल्य बराबारको सातदोबाटोमा २० आनामा आलिसान घर, करिव ३० करोडको वि एव्ड बी अस्पतालसँगै १७ आना जग्गा, २५ करोड बराबरको झम्सीखेलमा २३ आनामा आलिसान दरबार (जो ५५ करोड भन्दा बढीको छ, जहाँ उनी आफै बस्ने गरेका छन् ), झम्सीखेल डिएभी स्कुल मेनरोडमा २५ आनामा करिव ६० करोडको जग्गा, बखुन्डोल चैतन्य स्पा ३२ आनामा करिव ५० करोडको स्पा, सानेपामा १० आना जग्गा, इमाडोलमा १० आना जग्गामा घर रहेको स्रोतले बतायो छ ।

उनको ब्यापारका नाममा साम्राट मार्केटिङ नाम गरेको छोराको नाममा कम्पनी समेत छ । जसमा केही ब्यापार छैन । उक्त कम्पनीमा माछापुच्छे्र बैकले ४ करोड कर्जा दिएको छ । रोविन मर्हजनको पुच्वः नाम गरेको सहकारी पनि छ । उनका नगद करोबार कुमारीपाटी पञ्चशिल सहकारी, ज्योतीपुञ्ज सहकारी, पुच्वः सहकारीमा ठुलो कारोबार गरेको देखिन्छ । सामान्य व्यापारीको नाममा यी सहकारीले अरबौ कारोबार कसरी गरे ? जिल्ला प्रशासन कार्यालयले रोविनको सबै कारोबार मागिसकेको छ । उनको कारोबारमाथी शंका उब्जिसकेको छ । उनको बैंक र सहकारी गरेर करिव ७ अर्ब जतिको कारोबारको कागजपत्र प्रशासन कार्यालयमा पुगिसकेको छ । अरु आउन बाँकी छ भन्ने कुरा मिटरब्याज आयेगले बताएको छ । 

०८० सालमा समस्यामा परेको गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ अहिले जेलमा छन् । उनको नाममा पनि कारोबार देखिएका कारण उनलाई बयान दिनका लागि जिप्रका बोलाइएको थियो । नीज दिवाकर श्रेष्ठले पनि रोविन मर्हजनले २ अर्ब मिटरब्याज लिएकोले आफनो सहकारीको पैसा फिर्ता दिन नसकेर जेल परेको बताउने गरेका छन् । रोविन लगायत अरु १२ जना रवि मर्हजन, विज्ञान भारी, देवेन्द्र आचार्य, मोहन घिमिरे, सुमन मर्हजन, सञ्जय अधिकारी, रुविन मर्हजन, सिताराम राउत, विवेक केसी, आशिस प्रधान सबै मिटरब्याजी पुष्टि भएको जनाइएको छ । उनीहरु विरुद्ध ज्ञानेन्द्र मर्हजन जस्तै सम्पत्ति सुद्धिकरण गरी जेल चलानसम्म हुनसक्ने सम्भावना रहेको हालै राष्टपतीबाट मिटरब्याज सम्बन्धी विद्ययक पारित हुनुले देखाएको छ  । उनीहरु उच्च तहका नेताहरुको संरक्षणमा रहेपनि मिटरब्याजीलाई कार्वाही गर्ने कानुन बनेकाले गलत गर्ने कोही पनि उम्कन नसक्ने देखिएको छ  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको