Like us!
Follow us!
Connect us!
Watch us!

मिटरव्याजलाई नियमन गर्न बनेको अध्यादेश खारेज हुनुपर्ने साहु महाजनहरुको माग

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १७ : २४ मा प्रकाशित

मिटरव्याजलाई नियमन गर्न बनेको अध्यादेश खारेज हुनुपर्ने साहु महाजनहरुको माग

पीडित लेनदेन संघर्ष समितिले सरकारले मिटर व्याजलाई नियमण गर्न ल्याएको अध्यादेशप्रति आपत्ति जनाएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै साहु महाजनहरुले सरकारले ल्याएको अध्यादेशले प्रत्येक गाउँ–गाउँमा सद्भाव विगारेको दाबी गरे । सरकारले गत वैशाख २० गते ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश’ खारेज भागी रहेको उनीहरुको दाबी छ । 

उनीहरुले आफूहरु मिटरव्याजी नभएको दाबी गरेका छन् । मिटरब्याजी भनेको बैंक तथा वित्तीय संस्था, सहकारी, लघुवित्त, विद्युत कार्यालय, खानेपानी अफिस लगायतको निकायहरु मिटरब्याजी भएको उनीहरुको दाबी छ । अहिलेको सरकारले मिटरब्याजीको संज्ञा दिएर साहु महाजनलाई दुःख दिएको उनीहरुले गुनासो पोखे । 

‘यो अध्यायदेशले प्रत्येक गाउँ–गाउँमा टोल–टोलमा र पालिका–पालिकामा सद्भाव बिगारेको छ । यो अध्यादेशले कुनै काम गरेको छैन । समाजमा खैलाबैला पारेको छ । यसलाई खारेज गर्नुपर्छ,’– कार्यक्रममा सहभागी रहेका साहु महाजन धनेश्वर यादवले भने । 

कपाली तमासुकका बारेमा अध्यादेशमा गरिएको व्यवस्था गलत रहेको र कपाली तमासुकको १० वर्ष म्याद हुनेमा वडा कार्यालयमा गएर प्रमाणित गराउनुको औचित्य नरहेको उनीहरुको भनाई छ । 
कानुनी राज्यमा पनि सिडिओ र प्रहरीले अदालतले फैसलाको अवज्ञा गर्दै आफ्नो मन अनुकूल फैसला गरेर आफूलाई दुःख दिएको अर्का साहु महाजन विजयकुमार यादवले दुखेसो पोखे । 

अर्का साहु महाजन रामकिसुन यादवले आफूहरुले कसैसँग पनि अनुचित लेनदेन नगरेको दाबी गरे । मिटरब्याजी स्वयं नेपाल सरकार नै भएको उनको आरोप छ । यस्तै, अर्का साहु महाजन जयप्रकाश साहले आफू मिटरब्याजी र सुदखोर नभएको दाबी गरे । लघुवित्त र सहकारीहरुले १८-२० प्रतिशत व्याज लिँदा पनि चुप लागेर बस्ने सरकार आफूहरुले सर्वसाधरणलाई सहयोग गर्दापनि दुःख पाएको उनले बताए ।

कार्यक्रममा साहु महानजहरु कपिलदेव साह, कारिचरन मण्डल, शेखर कुमार मिश्रा र सुजाता साहले आफूहरु सरकारले ल्याएको अध्यादेशको कारण मारमा परेको र प्रहरी प्रशासनले दुःख दिन थालेको गुनासो पोखे । उनीहरु सबैले उक्त अध्यादेश खारेजीको माग गरे । र, सामाजिक सद्भाव कायम राख्न सरकारसमक्ष उनीहरुको माग छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको