Like us!
Follow us!
Connect us!
Watch us!

‘आइएमई पे’मा कनेक्ट आइपीएसमार्फत् बैंक लिङ्क गरी कारोबार गर्न सकिने

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १७ : २७ मा प्रकाशित

‘आइएमई पे’मा कनेक्ट आइपीएसमार्फत् बैंक लिङ्क गरी कारोबार गर्न सकिने

‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएसमार्फत् बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरि राख्न सकिने छ । 

यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिङ्क भाया कनेक्ट आइपीएस (Link via Connect IPS) छनौट गरी आफ्नो बैंक खाता लिङ्क गर्नु पर्नेछ । यसरी लिङ्क भई सके पछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहज रूपमा गर्न सकिनेछ । 

‘‘आइएमई पे’ ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास(लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने साथै नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तरआबद्ध (Interoperability) मा पनि ठुलो टेवा पुर्‍याउने उद्देश्यका साथ यो सेवा ल्याइएको’, आइएमई डिजिटल सोलुसन लिमिटेड (’आइएमई पे’) का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीको भनाई छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको