Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री मोदी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, द्धिपक्षीय हितका विषयमा छलफल

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १७ : ३९ मा प्रकाशित

मन्त्री मोदी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, द्धिपक्षीय हितका विषयमा छलफल

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । 

सिंहदरबास्थित मन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा मन्त्री मोदी र राजदूत श्रीवास्तवबीच समसामयिक एवं द्धिपक्षीय हितका विषयमा छलफल भएको छ । 

भेटका क्रममा राजदूत श्रीवास्तवले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक सहायता उपलब्ध गराउन भारत इच्छुक रहेको बताए । 

मन्त्री मोदीले आवश्यक छलफल गरेर सबै विषयहरुलाई अगाडि बढाउने जवाफ दिए । 

त्यस्तै भेटमा छिमेकी मित्रराष्ट्र भारतको सहायतामा सञ्चालित विभिन्न कार्यक्रमहरुको प्रभावकारीताको समीक्षा, आगामी कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा छलफल भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको