Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको वित्तीय विवरण चिरफार : नाफा बढ्यो, कति दिन सक्ला लाभांश?

अर्थ संसार

बुधबार, १७ साउन २०८०, ०८ : ०३ मा प्रकाशित

माछापुच्छ्रे बैंकको वित्तीय विवरण चिरफार : नाफा बढ्यो, कति दिन सक्ला लाभांश?

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कस्तो छ त वित्तिय विवरण?

खुद नाफा 
 बैंकले आर्थिक वर्षको समीक्षा अवधिसम्ममा १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकले खुद नाफा  ९।७५ प्रतिशतले बढाएको हो। 

कसरी बढ्यो नाफा ?
नाफा बढ्नुको मुख्य कारण भनेकै बैंकको ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्नुले हो।

खुद ब्याज आम्दानी 
बैंकले यस आर्थिक वर्षको समीक्षा अवधिसम्ममा ५ अर्ब ३८ करोड खुद ब्याज आम्दानी गरेको छ जुन १०.४३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब ८७ करोड कमाएको थियो। 

खुद फि तथा कमिशन आम्दानी
बैंकको खुद आम्दानी भने घटेको छ। बैंकले यस आर्थिक वर्षको समीक्षा अवधिसम्ममा १ अर्ब १२ करोड खुद ब्याज आम्दानी गरेको छ जुन ३.१७ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १६ करोड कमाएको थियो। 

कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा
बैंकको कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा दुबै बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी ८.३२ प्रतिशतले र सञ्चालन मुनाफा ९.९१ प्रतिशत बढेको छ।

वितरणयोग्य मुनाफा
१ अर्ब ५६ करोड ८७ लाख 

निष्क्रिय कर्जा 
१.०४ प्रतिशतबाट २.१२ प्रतिशत पुगेको छ

 इम्पेरमेन्ट चार्ज 
८२ करोड रुपैयाँ 

प्रति सेयर आम्दानी
१ रुपैयाँ ६० पैसा बढेर १८ रुपैयाँ ५ पैसा पुगेको छ। 

मूल्य आम्दानी अनुपात
१२.८४ गुणा

प्रतिशेयर नेटवर्थ
१५९ रुपैयाँ १० पैसा

चुक्ता पूँजी
१० अर्ब २५ करोड ७१ लाख रुपैयाँ

जगेडा कोष
६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित

अघिल्लो आर्थिक वर्षको मुनाफामा बैंकले सेयरधनीको हात खाली गरेको थियो।  यो वर्ष भने अघिल्लो आर्थिक वर्षको जस्तो अवस्था न रहेको देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको