Like us!
Follow us!
Connect us!
Watch us!

विभिन्न समयमा बैंक र बैंकका अध्यक्ष उप्रेतीलाई लक्षित गरी सार्वजनिक हुने गरेका समाचारप्रति राष्ट्रिय सहकारी बैंकको गम्भीर ध्यानाकर्षण

अर्थ संसार

विहीबार, १८ साउन २०८०, १२ : ४४ मा प्रकाशित

विभिन्न समयमा बैंक र बैंकका अध्यक्ष उप्रेतीलाई लक्षित गरी सार्वजनिक हुने गरेका समाचारप्रति राष्ट्रिय सहकारी बैंकको गम्भीर ध्यानाकर्षण

विभिन्न समयमा बैंक र बैंकका अध्यक्ष के.बी उप्रेतीलाई लक्षित गरी सार्वजनिक हुने गरेका समाचारप्रति राष्ट्रिय सहकारी बैंकले गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ । राष्ट्रिय सहकारी बैंकले हिजो (बुधबार) एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको हो ।  

समाचार र त्यसका आधारमा हुने गरेका चर्चाहरुको पछि नलाग्न तथा बैंकको बारेमा सत्य तथ्य बुझेर धारणा बनाउनु हुन सम्पूर्ण सहकारी संघ, संस्था, सहकारीकर्मी एवम् सरोकारवालाहरुलाई सहकारी बैंकले अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ सहकारीहरुको संस्थागत विकास र वित्तीय व्यवस्थापन लगायत सहकारीको समग्र विकासमा बैंकले आफ्नो तर्फबाट सक्दो पहल, प्रयत्न र संयोजनकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । विभिन्न समयमा बैंक र बैंकका अध्यक्ष के. बी. उप्रेतीलाई लक्षित गरी सार्वजनिक हुने गरेका समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार र त्यसका आधारमा हुने गरेका चर्चाहरुको पछि नलाग्न तथा बैंकको बारेमा सत्य तथ्य बुझेर धारणा बनाउनु हुन सम्पूर्ण सहकारी संघ, संस्था, सहकारीकर्मी एवम् सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछौं ।’

यस्तो छ बैंकले जारी गरेको विज्ञप्ति

सहकारी क्षेत्रमा नेपाल राष्ट्र बैंक समेतको नियमनमा रही नियमनकारी निकायका निर्देशनहरु पूर्ण रूपमा पालना गर्दै संस्थागत सुशासन सहित सञ्चालित राष्ट्रिय सहकारी बैंक लिमिटेड सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा केन्द्रीत रहदै आएको छ । सहकारीहरुको संस्थागत विकास र वित्तीय व्यवस्थापन लगायत सहकारीको समग्र विकासमा बैंकले आफ्नो तर्फबाट सक्दो पहल, प्रयत्न र संयोजनकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । विभिन्न समयमा बैंक र बैंकका अध्यक्ष के. बी. उप्रेतीलाई लक्षित गरी सार्वजनिक हुने गरेका समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार र त्यसका आधारमा हुने गरेका चर्चाहरुको पछि नलाग्न तथा बैंकको बारेमा सत्य तथ्य बुझेर धारणा बनाउनु हुन सम्पूर्ण सहकारी संघ, संस्था, सहकारीकर्मी एवम् सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

बैंकका ५ वटा सदस्य सहकारी संस्थाहरु एकिकरण हुँदा साविकको सदस्य संस्था हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बैंकको कर्जा रकम रु २८ करोड रहेको र बैंकको नीति बमोजिम सबै सहकारीको एकल कर्जा सीमा भित्रै रहेको अवस्थामा एकिकरण भएका सबै संस्थाले लिएका कर्जाको कूल रकम एक अरब नजिक रहन पुगेको हो । सहकारी विभागले सम्बन्धित संस्थाहरुले नै बैंकको कर्जा सिमा भित्र ल्याउने योजनाका साथ एकीकरण गर्न अनुमति दिएको र बैंकको नीति अनुसार आगामी तिन वर्षभित्र एकीकृत संस्थाले कर्जालाई सिमा भित्र ल्याउनु पर्ने व्यवस्था रहेको समेत जानकारी गराउदछौं ।

नेपाल राष्ट्र बैंक एवं सहकारी विभागसमेतको निर्देशन अनुसार बैंकले आफ्ना सम्पूर्ण वित्तीय विवरणहरु सार्वजनिक गर्दै आएको छ, जसबाट बैंकको अवस्थाको बारेमा जानकारी लिन सकिन्छ । कोभिड (१९ तथा रुस र युक्रेनवीचको युद्धले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्र प्रभावित भएसँगै सहकारी संस्थामा तरलता अभाव भई सिर्जित समस्याले सहकारी क्षेत्र प्रति संसय पैदा भएको हामी सबैलाई सर्वविदितनै छ । पछिल्लो समय विस्तारै अर्थतन्त्र चलायमान भई तरलता संकटको अवस्थामा क्रमशः सुधार हुँदै गएको यो विषम परिस्थितिमा मिति २०८० असार मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको तरलताको अवस्था ३६.९९ प्रतिशत कायम रहेको छ ।

बैंकमा दोस्रो कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहनु भएका श्री के.बी. उप्रेतिले विगतमा १५ वर्षसम्म बैंकको प्रबन्ध सञ्चालक (महाप्रबन्धकको जिम्मेवारी हेर्ने गरी) पदमा, पटक(पटक राष्ट्रिय सहकारी बिकास बोर्डको विज्ञ सदस्यको पदमा र राष्ट्रिय सहकारी महासंघको लेखा सुपरीवेक्षण समितिको संयोजकको पदमा रही कार्य सम्पन्न गर्नुका साथै हाल उक्त महासंघको सञ्चालक पदमा समेत कार्यरत हुनुहुन्छ । व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नु भएका यस बैंकका अध्यक्ष बैंकिङ क्षेत्रमा लामो अनुभव रहेको आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत “ सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८०ू को विज्ञ सदस्य (वित्त विश्लेषक) पदमा गत बैंशाखमा नेपाल सरकार ९ विभागीय मन्त्रिस्तर० को निर्णयानुसार नियुक्त हुनु भएको हो ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारदेखि सहकारी अभियानका तर्फबाट विभिन्न तरिकाले पहलकदमी भैरहेको सन्दर्भमा देशभरका सदस्य सहकारी संघ र संस्था, नियामकीय निकाय तथा सम्पूर्ण सरोकारवालाको विश्वासबाट सञ्चालित बैंकलाई लक्षित गरी भएका विभिन्न गतिविधिहरुबाट भ्रममा नपर्न सम्पूर्ण सहकारीकर्मी एवम् सरोकारवालाहरुमा अनुरोध गर्दछौ । देश भरका सहकारी संघ र संस्थाको विश्वास, साथ र सहयोगद्वारा स्थापित एवम् सञ्चालित यस बैंकलाई विगतमा भै साथ र सहयोग दिनुहुनेछ भन्ने पूर्ण विश्वास सहित सम्पूर्ण सरोकारवालामा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको