Like us!
Follow us!
Connect us!
Watch us!

मार्केट साइडवेजमा छ, धेरै पोजेटिभ देखेका छैनौँ : दिपेन्द्र अग्रवाल

अर्थ संसार

विहीबार, १८ साउन २०८०, १७ : ४६ मा प्रकाशित

मार्केट साइडवेजमा छ, धेरै पोजेटिभ देखेका छैनौँ : दिपेन्द्र अग्रवाल

ठूला लगानीकर्ता दिपेन्द्र अग्रवाल अहिले बजार साइडवेजमा चलिरहेको बताउँछन् । अर्थ संसारसँग बजारको पछिल्लो अवस्थाको बारेमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले बजार साइडवेजमा चल्नुको मुख्य कारण मौद्रिक नीति रहेको उनको धारणा छ । मौद्रिक नीतिमा बजारलाई उत्साहित पार्ने र लगानीकर्तादेखि व्यवसायीलाई प्रोत्साहन गर्ने केही नआएको उनी बताउँछन् । 

"मार्केट साइडवेजमा छ कारण के त भन्दाखेरी मौद्रिक नीतिमा केही पनि त्यस्तो आएन जसले उत्साहित गरोस् सेयर बजारलाई वा इकोनोमीलाई राम्रो गरोस् । व्याजदर घटाएर व्यापारीहरूलाई जोगाउने वा रियल स्टेटलाई जोगाउने वा सेयर लगानीकर्ताहरूलाई प्रोत्साहन गर्ने केही पनि कार्य भएन जसले गर्दा गाह्रो भएको छ अहिले । जबसम्म देशमा सरकार एउटा पार्टीको र ब्युरोक्रेसी अर्को पार्टीको हुन्छ तबसम्म यस्तै हुने हो । त्यसैको फलस्वरूप हामी ५७ लाख लगानीकर्ताहरू भूतभोगी भइराछौँ ।", उनले भने ।

बजारको विकासका लागि धितोपत्र बोर्डले पनि केही भूमीका ननिभाएको उनको गुनासो छ । मार्केटलाई ठिक पार्न धितोपत्र बोर्डले प्रयास गर्नुपर्नेमा उल्टै भ्रष्ट्राचार र घुसखोरीमा लिप्त रहेको उनको आरोप छ । अहिले सेबोनले भ्रष्ट्राचार गरेर नेटवर्थ १०० रूपैयाँ भन्दा तल रहेका कम्पनीलाई धमाधम आईपीओ दिने, नेटवर्थ नेगेटिभ भएका कम्पनीलाई पनि हकप्रद निष्कासन गर्न धमाधम दिने जस्ता कार्यहरू गरी जनता मार्ने काम गरिरहेको उनको दुखेसो छ । 

आगामी साता पनि बजार धेरै अंकले पनि नघट्ने र धेरै अंकले पनि नबढ्ने उनको अनुमान छ । अर्को साता पनि बजार साइडवेजमै चल्ने बताउँदै अहिले बजारमा आफूहरूले धेरै पोजेटिभ केही नदेखेको उनले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको