Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी भ्यालु फण्ड २ आज बन्द हुदैँ, आधा ४ करोड इकाई बिक्रि नभएमा योजना खारेज गर्नुपर्ने

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, ०८ : ४५ मा प्रकाशित

लक्ष्मी भ्यालु फण्ड २ आज बन्द हुदैँ, आधा ४ करोड इकाई बिक्रि नभएमा योजना खारेज गर्नुपर्ने

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले निकाशन गरिरहेको लक्ष्मी भ्यालु फण्ड २ नामको फण्डको समय आज (साउन १९ गते) बन्द हुदैँछ।  यस अघि पर्याप्त आवेदन नपरेको कारण फण्डको समय थप गरिएको थियो। 

क्यापिटल जारी सुचना अनुसार प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। बिक्री गरिने इकाई मध्य १५ प्रतिशतले वा १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिने बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो। 

यो एक बन्दमुखी योजना हो।

फण्डमा देखिएन आकर्षण 

तोकिएको समयमा पर्याप्त आवेदन परेकाले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले फण्डमा समय थप्दा पनि सर्वसाधारणहरुको आकर्षण भने देखिएको छैन। सिडिएसका अनुसार बिहिबार साउन १८, बेलुकी ५ बजे सम्म केबल २ करोड, ५४ लाख ५८ हजार इकाईबाट  २५ करोड, ४५ लाख ८५ हजार रुपैया बराबरको आवेदन परेको छ। झन्डै ६० करोड ८० लाख उठाउने लक्ष्य लिएको फण्डलाई अन्तिम दिन सम्म आइपुग्दा धक्का लागेको छ। 

आवेदन दिन थप अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ४ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा मात्र इकाईको बाँडफाँट गर्न सकिनेछ। न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नु पर्नेछ। 

यस फण्डका अरु जानकारी यस प्रकार छन :

कति दिने आवेदन?

लगानीकर्ताले न्यूनतम न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म माग गर्न सकिनेछ ।

कहिलेसम्म दिने आवेदन ?

साउन ४ गते देखि साउन ९ गतेसम्म खुला भएकोमा उक्त समयमा पर्याप्त आवेदन नपरेकाले  साउन १९ गतेसम्म आवेदन म्याद थप गरिएको छ । बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५०% अर्थात ४ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। तर न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नु पर्नेछ। 

को हो बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कति वर्षे ?
यो १० वर्षे योजना हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको