Like us!
Follow us!
Connect us!
Watch us!

घोराही उपमहानगरपालिकाले आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने, नेत्रज्योति सङ्घसँग सम्झाैता

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, १२ : २१ मा प्रकाशित

घोराही उपमहानगरपालिकाले  आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने, नेत्रज्योति सङ्घसँग सम्झाैता

दाङको घोराही उपमहानगरपालिकाले यस वर्ष पनि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । घोराही उपमहानगरपालिकाले उज्यालो कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८०/८१ मा आँखाको निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरेको हो ।

विगत छ वर्षदेखि उज्यालो अभियानअन्तर्गत घोराही उपमहानगरपालिका र नेपाल नेत्रज्योति सङ्घ, राप्ती आँखा अस्पतालसँग सम्झौता भई मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया हुँदै आएको थियो । यस वर्ष पनि २५० जनाकाे शल्यक्रियाका लागि बजेट विनयाेजन भयकाेमा पहिलाे चरणमा एक सय २५ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि सम्झौता भएको राप्ती आँखा अस्पतालले जनाएको छ ।

साझेदारी कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाले एसआईसीएस प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया गरेवाफत अस्पताललाई प्रतिव्यक्ति आठ हजार रुपैयाँ उपलब्ध गराउने छ साथै यस प्रकारको शल्यक्रिया निशुल्क हुनेछ । त्यस्तै सेवाग्राहिले मोतियाबिन्दुको शल्यक्रिया अत्याधुनिक प्रविधि (फेकाे) बाट गराउन चाहेमा भने सेवाग्राहीले थप पाँच हजार रुपैयाँ तिरेर उक्त सेवा लिन सकिने सम्झौतामा उल्लेख छ ।

उक्त सम्झाैतामा राप्ती आँखा अस्पतालकाे तर्फबाट निमित्त प्रशाशक सालिक राम गाैतम र उप महानगर पालिकाे तर्फबाट प्रमुख प्रसासकीय अधिकृत भाेजराज घिमिरे, स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्ती तथा लेखा अधिकृत लाेकमणी शर्माले हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको