Like us!
Follow us!
Connect us!
Watch us!

‘बार्षिक लाखौ भारतिय नागरिकहरुले नेत्रज्योति संघका अस्पतालबाट आँखा उपचार सेवा लिइरहेका छन्’

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, ०६ : ०५ मा प्रकाशित

नेपाल नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्दले भारतबाट बार्षिक रुपमा लाखौको संख्यामा त्यहाँका नागरिकहरु नेपालमा आँखा उपचार गराउन आउने बताए । उनका अनुसार नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित देशभरका अस्पतालहरुमा भारतका ५ वटा राज्य बाहेक अन्य राज्यका नागरिकहरु नेपालमा आँखा उपचार गराउन आउछन् ।

भारतको तुलनामा नेपालको आँखा उपचार सस्तो र गुणस्तरिय भएकाले पनि त्यहाँका नागरिकहरु यहाँ आउने गरेको उनको तर्क छ । अहिले भारतबाट सबैभन्दा बढि र केहि मात्रमा भुटान र बंगलादेशबाट पनि नेपालमा आँखा उपचार गराउन बिरामीहरु आईरहेको तथ्याङ्कले देखाँउछ । 

‘अहिले हाम्रो छिमेकी देशहरुबाट आँखा उपचार गराउन यहाँ आइरहनु भएको छ यो हामि सबैका लागि गर्वको बिषय पनि हो’ उनले भने ‘अब हामि नेपाललाई आँखा उपचारको पर्यटकिय गन्तब्यका रुपमा विकास गर्ने योजनामा अगाडी बढिरहेका छौ यसमा सबै पक्षहरुको साथ र सहयोग आवश्यक छ ।’

हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।

चन्दसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको