Like us!
Follow us!
Connect us!
Watch us!

नेत्रज्योति संघका अध्यक्ष डा.पन्तद्धारा बर्दिया आँखा अस्पतालको उद्घाटन

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, ११ : १६ मा प्रकाशित

नेत्रज्योति संघका अध्यक्ष डा.पन्तद्धारा बर्दिया आँखा अस्पतालको उद्घाटन

नेपाल नेत्रज्योति संघ बर्दिया जिल्ला शाखाद्धारा सञ्चालित बर्दिया आँखा अस्पतालको उद्घाटन भएको छ । नेपाल नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष्य प्रा.डा चेतराज पन्तले चैत्र १८ गते शनिबार अस्पतालको उद्घाटन गर्नुभएको हो । 

नेपालबाट उपचार पछि निको हुने अन्धोपनको लक्ष्य सहित आफ्नो सेवालाई विस्तार गरिरहेको संघले बर्दिया र यसका छिमेकी जिल्लाका आम नागरिकहरुलाई सस्तो, शुलभ र गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्नका लागि बर्दियामा अस्पतालको स्थापना गरेको हो । 

उक्त उद्घाटन समारोहमा बोल्दै संघका अध्यक्ष पन्तले देशका कोहि पनि नागरिकहरु पहुँच र पैसाको अभावमा दृष्टिबिहिन भएर बस्न नपरोस् भन्ने हेतुले संघले अहिले देशभरी आँखा उपचार सेवालाई प्रभावकारीढंगले बिस्तार गरिरहेको बताउनुभयो । 

‘संघले सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने दृष्टिबिहिनतालाई निवारण गर्ने लक्ष्य सहित अहिले आफ्नो योजना तथा कार्यक्रमहरुलाई अगाडी बढाएको छ देशभरमा रहेका हाम्रा २७ वटा आँखा अस्पताल र १५० भन्दा बढि उपचार केन्द्रहरु मार्फत हामिले नागरिकहरुलाई सस्तो, शुलभ र गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरिरहेका छौ अब सन् २०३० सम्ममा हरेक स्थानिय तहसम्म आँखा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित अहिले काम गरिरहेका छौ’ अध्यक्ष पन्तले भन्नुभयो । 

अस्पतालका व्यबस्थापक अनिल न्यौपानेका अनुसार अस्पातललेअस्पतालका अलावा थप २ वटा आँखा उपचार केन्द्रहरु मार्फत नागरिकहरुलाई आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । त्यस्तै अस्पतालले यो बर्ष १ हजार ७०० जना मोतिबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिसकेको छ भने १२ हजार भन्दा बढि मानिसहरुलाई आँखा उपचार सेवा प्रवाह गरेको छ ।   

6429157f03d81.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको