Like us!
Follow us!
Connect us!
Watch us!

भलवारी जेसिजमा सेयर तालिम

अर्थ संसार

आइतबार, २१ साउन २०८०, ०८ : २६ मा प्रकाशित

भलवारी जेसिजमा सेयर तालिम

भलवारी जेसीज रूपन्देहीले स्टक मार्केट (सेयर बजार) सम्बन्धी एक दिने प्रशिक्षण श्रावन २० गते शनिबार सम्पन्न गरेको छ ।

अर्थशास्त्री एवम् उपप्राध्यापक अच्युत पन्तले सेयर बजारमा जोखिम न्यूनीकरणको प्रावधानका दृष्टिले नेपाल उपयुक्त बजार रहेको भन्दै बजारमा प्रवेश, दीगो लगानी, अल्पकालीन आय आर्जन, देशको अर्थतन्त्र विश्लेषण लगायत विषयमा प्रशिक्षण दिएका थिए । 

त्यसअघि, प्रशिक्षण उद्घाटन गर्दै जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता एवम् शाखाका पूर्व अध्यक्ष मुक्तिनाथ गैह्रेले जेसीज आफैमा सीप विकाश र मानव विकाशको विश्वविद्यालयको रूपमा क्रियाशील भएकोले यो संस्थाबाट सबैले लाभ लिनुपर्ने बताए । 

शाखाका अध्यक्ष तथा लगानीकर्ता माधव प्रसाद पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । शाखाका कानूनी सल्लाहकार जीवन भट्टराईको सञ्चालन तथा उपाध्यक्ष रूपेश पाण्डेयको संयोजकत्वमा कार्यक्रम भएको थियो । 


सो अवसरमा शाखाका निवर्तमान अध्यक्ष किशोर पंगेनी, निर्वतमान कार्यकारिणी उपाध्यक्ष प्रताप भण्डारी, लोकनाथ खनाल, कोषाध्यक्ष मिन तिवारी लगायतले आफ्नो विचार राखेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको