Like us!
Follow us!
Connect us!
Watch us!

यो शुक्रबार सुमेरुमा नि:शुल्क मास्टर क्लास

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, १५ : २७ मा प्रकाशित

यो शुक्रबार सुमेरुमा नि:शुल्क मास्टर क्लास

इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिज (IAFS) ले ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीज सँग सहकार्यमा यस साउन ११ गते शुक्रबार नि:शुल्क मास्टर क्लास गर्ने भएको छ। 

कक्षा यहिँ शुक्रबार दिउँसो २:०० बजे, काठमाडौँको ज्ञानेश्वरस्थित ज्ञानेश्वर टावरको आई.ए.एफ.एसको सुबिधा सम्पन्न कक्षाबाट कार्यक्रम गर्न लागिएको हो। 

कक्षामा योगेश दारुकाले प्राविधिक विश्लेषणबारे कक्षा संचालन गर्नेछन् भने दीप थापाले हालको सेयर बजार परिदृश्यको बारेमा छलफल गर्नेछन्। 

मास्टर क्लासको लागि नाम दर्ता गर्नका लागि अन्तर्राष्ट्रिय आर्थिक अध्ययन संस्थान (IAFS ) ज्ञानेश्वर, काठमाडौं, फोन नम्बरस् ०१-५९१९९३ वा सुमेरु सेक्युरिटीज ज्ञानेश्वर, काठमाडौं, फोन नम्बर ०१-५९१९९३९  वा ईमेल [email protected] मा इमेल गर्न लगानीकर्तालाई अनुरोध गरिएको छ। 

पूँजी बजार बिकास र विस्तारमा विभिन्न क्षेत्र र नियामक निकायहरुले छिटफुटरूपमा विभिन्न लगानीमैत्री कार्यक्रम सञ्चालन गरेतापनि त्यति प्रभावकारी लगानीकर्ता मैत्री कार्यक्रम सञ्चालनको खडेरी परिरहेको परिस्थितिमा सुमेरु सेक्युरिटिजद्वारा लगानिकर्ताको क्षमता अभिवृद्धि र पूँजी बजारमा वित्तीय साक्षरतामा कमी भएकोमा थोरै भएपनि त्यो अभावको परिपूर्तिको लागी सेयर शिक्षा सम्बन्धि कक्षा गर्न लागेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको