Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंककाे वित्तीय चिरफार : नाफा ३६.८५ प्रतिशतले बढ्याे, वितरणयाेग्य मुनाफा ४ अर्बमाथि

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १२ : ५२ मा प्रकाशित

एभरेष्ट बैंककाे वित्तीय चिरफार : नाफा ३६.८५ प्रतिशतले बढ्याे, वितरणयाेग्य मुनाफा ४ अर्बमाथि

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म बैंकले ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम अघिल्लाे वर्षकाे तुलनामा ३६.८५ प्रतिशतले बढेकाे हाे । अघिल्लाे वर्षको यसै अवधिमा बैंकले २ अर्ब ४७ करोड ९४ लाख १ हजार रुपैयाँ नाफा कमाएकाे थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ४३.७५ प्रतिशतले बढेर ७ अर्ब ४४ करोड ८० लाख ७४ हजार रूपैयाँ पुगेकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ५ अर्ब १८ करोड १४ लाख १६ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि ३६.५१ प्रतिशतले बढेर ४ अर्ब ८४ करोड ७० लाख ५१ हजार रूपैयाँ पुगेको छ । अघिल्लाे वर्ष बैंककाे सञ्चालन मुनाफा ३ अर्ब ५५ करोड ७ लाख ५५ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।   

वितरणयोग्य नाफा

बैंककाे वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड ३२ लाख ५ हजार रुपैयाँ रहेको छ । 

चुक्ता पुँजी

बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा १० अर्ब २२ करोड ७३ लाख ४९ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) ५ रूपैयाँ ४२ पैसाले बढेर ३१ रूपैयाँ ७२ पैसा पुगेकाे छ ।

प्रतिसेयर नेटवर्थ

बैंककाे प्रतिसेयर नेटवर्थ २३८ रूपैयाँ ३३ पैसा रहेकाे छ ।

खराब खर्जा (एनपीएल)

०.७९%

पीई रेसियो (मूल्य आम्दानी​ अनुपात)

१७.७५ गुणा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको