Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको पाँच शाखाद्वारा वृक्षारोपण सम्पन्न

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १२ : ५८ मा प्रकाशित

समृद्धि फाइनान्सको पाँच शाखाद्वारा वृक्षारोपण सम्पन्न

समृद्धि फाईनान्सले हिजो २०८० श्रावण १९ गते शुक्रवारको दिन संस्थाको इटहरी, गैर, औराही र बुटवल शाखाबाट र आज २०८० श्रावण २० गते शनिारको दिन पुतलिसडक शाखाबाट बृक्षारोपण कार्यक्रम समापन गरेको छ । गत हप्ताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम श्रावण महिना भित्र सम्पुर्ण शाखाहरुबाट सम्पन्न  गर्ने तय भएको संस्थाले जनाएको छ । 

साथै फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये श्रावणमहिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा बृक्षारोपणको सुरुवात गरेको र आर्थिक बर्ष २०८०÷८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पुर्ण १३ वटै शाखाहरु बाट बिभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको