Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबीच पि.एम.एस.व्यवस्थापनका लागि सम्झौता

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १७ : ०१ मा प्रकाशित

समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबीच पि.एम.एस.व्यवस्थापनका लागि सम्झौता

समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबीच पि.एम.एस.व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । हिजो (सोमबार) समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबीच सो समबन्धमा सम्झौता भएको हो ।

यस सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पि.एम.एस.व्यवस्थापन (PMS Management) का लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने जानकारी उपलब्ध भएको छ । 

उक्त सम्झौता पत्रमा समृद्धिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी र हिमालयको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पत्र समृद्धि फाइनान्सको पुतलिसडक शाखामा भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको