Like us!
Follow us!
Connect us!
Watch us!

‘नेशनल लाईफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न’

अर्थ संसार

सोमबार, २२ साउन २०८०, १७ : १८ मा प्रकाशित

‘नेशनल लाईफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न’

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि आयोजना गरेको साईकल र्याली समपन्न भएको छ ।

बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यू सहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश का प्रदेश प्रमुख केशव प्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत  कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाले सहभागिता जनाएका थिए ।

पोखराको बाराहीघाट बाट शुरु भएको र्यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा ¥यालीको समापन गरिएको थियो । 

उक्त साईकल ¥यालीबाट बीमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको