Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफले बोलायो वार्षिक साधारणसभा ,लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

अर्थ संसार

मंगलबार, ०१ माघ २०८१, १० : १६ मा प्रकाशित

नेपाल लाइफले बोलायो वार्षिक साधारणसभा ,लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

 नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश पारित गर्न २५औं वार्षिक साधारणसभा बोलाएको छ ।

सभा माघ २८ गते सोमबार वीरगन्जस्थित होटल भिष्वा, पर्सा वीरगन्जमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।  

सभामा कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद (करसहित) लाभांश वितरणको प्रस्ताव पेश हुनेछ । साथै बोनस सेयर वितरणपछि जारी तथा चुक्ता पुँजीलाई वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलबपछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ।

सोही सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश वितरण तथा सभा प्रयोजनार्थ कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसैले माघ ९ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको