Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको लिडरसिप इक्सलेन्स अवार्डस- २०२४ सम्पन्न

अर्थ संसार

बुधबार, १६ साउन २०८१, १२ : ४३ मा प्रकाशित

नेपाल लाइफको लिडरसिप इक्सलेन्स अवार्डस- २०२४ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय कार्यक्रम लिडरसिप इक्सलेन्स अवार्डस- २०२४ सम्पन्न भएको छ ।

भैरहवामा आयोजित उक्त कार्यक्रम “हरेक वर्ष :  फ्लाई हाई, एम हायर” नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।

कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक विमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा गरेका थिए ।कार्यक्रममा कम्पनीका अध्यक्ष गोबिन्द लाल संघईले अथक मेहनत,टीम वर्क, लगनशिलता र सकारात्मक प्रयासबाट आर्थिक वर्ष २०८०/८१ मा नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी भएको बताए ।

यसैगरी, सञ्चालक विमल प्रसाद ढकालले आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको बताए ।साथै उनले लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई ध्यानमा राख्दै कम्पनी लगानी विविधिकरण तर्फ अग्रसर रहेको बताए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना दिंदै गत आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०८१/८२ मा सेल्स रणनीतिका बारेमा जानकारी दिएका थिए । 

उनले अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकैनै संवेदनशील रहेको कुरा समेत बताए ।कार्यक्रममा बोल्दै यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले बीमा मानवीय कार्य भएको र यसले देशको विकासमा अतुलनीय भूमिका निर्वाह गर्ने बताए । 

पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्ता धन्यवादका पात्र भएको बताए ।  उनले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अभिकर्ताको भूमिका अतुलनीय रहेको र यसको गाम्भीर्यतालाई मनन गर्दै नीति निर्माण गर्नका निम्ति सरोकारवालाहरुसँग आग्रह  गरे ।

त्यस्तै पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनीले सूचना प्रविधिमा ल्याएको विकासले सेवा प्रवाहमा सुधार आएको र यसले गर्दा अभिकर्ताहरूलाई काम गर्न सहज भएको बताए ।

कार्यक्रममा एजेन्सी मेनेजरतर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोडतर्फबाट उत्कृष्ट १४१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक,  २२ जनालाई रत्न पदक र  १३७ जनालाई समृद्धि पदकबाट पनि सम्मान गरिएको थियो ।

त्यस्तै एजेन्सी मेनेजरतर्फबाट  क्रमश: नेपाल प्रथम, दितिय र  तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट  र बसन्ती शर्मा, तथा व्यक्तिगत कोडतर्फबाट क्रमश : नेपाल प्रथम, द्वितिय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजबंशीलाई अवार्डको साथै नगद पुरस्कारबाट सम्मान गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको