Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ संसार

आइतबार, २० जेठ २०८१, ११ : ४२ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई वितरण लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ अर्ब ७२ करोड बराबरको लाभांश वितरण गर्न लागेको हो ।

इन्स्योरेन्सको आइतवार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५५ अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांशमा कर प्रयोजनका लागि १.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बिमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

कम्पनीको उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र बीमा प्राधिकरणले स्वीकृत गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

665c0aebad45c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको