Like us!
Follow us!
Connect us!
Watch us!

एफडी मोटर्सको नयाँ शोरुम अब ईटहरीमा

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १३ : ०३ मा प्रकाशित

एफडी मोटर्सको नयाँ शोरुम अब ईटहरीमा

एफडी मोटर्सको नयाँ शोरुम नेपालको पूर्वी सहर ईटहरीमा खुलेको छ । कम्पनीले हिजो (सोमबार) एक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको हो ।

नेपाली बजारमै अब्बल साबित भइसकेको ईलेक्ट्रिक स्कुटरले ग्राहकलाई थप र सरल सुवधाका लागि अन्य सहरहरुमा आफ्नो शोरुम विस्तार गरेको हो । विषेशगरी यसमा जडान गरीएको प्रविधी र त्यस प्रविधिले गर्दा नेपालको बाटो मैत्री स्कुटर भएकाले यो स्कुटर अब्बल साबित भई आएको कम्पनीले जनाएको छ ।

नेपाली बाटो अनुरुप कम्पनीले स्कुटरलाई निर्माण गरेको हो । यस कम्पनीद्वारा सञ्चालित ईलेक्ट्रिक स्कुटरमा मुख्यतया पाँच विशेषता रहेको छ । स्कुटरमा मुख्य गरी एलएफपी ब्याट्रि, साइड ड्राइभ मोटर, क्यान क्नट्रोलर, २०० एमएम ग्राउण्ड क्लियरेनस, ब्रेक रिजेनेरेटिङ्ग फिचरहरु उपलब्ध छ । 

सो कम्पनीले दुई मोडेलमा स्कुटरलाई सार्वजनिक गरेको छ । उपलब्ध भएको यस स्कुटरको मुल्य क्रमशः F5, २,६१,९९९ र F5-A: २,९७,९९९ रहेको छ । ईटहरीको आधिकारीक बिक्रेताकोमा गई एफडी माटर्सको इभी स्कुटर खरीद गर्न सक्नेछन् ।-Photo Source: WorldLink Nepal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको