Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको एटिएमसम्बन्धी सेवा अवरुद्ध हुने, यस्तो छ कारण

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १४ : १४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको एटिएमसम्बन्धी सेवा अवरुद्ध हुने, यस्तो छ कारण

ग्लोबल आइएमई बैंक लिमिटेडको कार्डमार्फत् हुने कारोबार तथा एटीएम ‘पीओएस’ सेवा केही समयका लागि अवरुद्ध हुने भएको छ। बैंकले आज (सोमाबार) एक सूचना जारी गर्दै सो विषयमा जानकारी दिएको हो । 

साउन २३ गते राति १०ः०० बजेदेखि सोही राति १२ः०० बजेसम्म बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था ‘नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम’ को सिस्टममा आवश्यक मर्मत सम्भार गनुपर्ने भएकाले सो समयका लागि बैंकबाट जारी गरिएको सम्पूर्ण कार्डमार्फत हुने कारोबार अवरुद्ध हुने बैंकले जनाएको छ ।

साथै, उक्त समयमा दैनिक रुपमा आवश्यक विद्युतिय कारोबार सकेसम्म अन्य बैकल्पिक माध्यमबाट गर्न समेत बैंकले आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको