Like us!
Follow us!
Connect us!
Watch us!

चित्तबुझ्दो मुआव्जा नपाएको भन्दै गोरखा र धादिङका प्रभावितवासीले गरे मुख्य बजार बन्द

आइतबार, १२ कार्तिक २०७४, १५ : ३९ मा प्रकाशित

चित्तबुझ्दो मुआव्जा नपाएको भन्दै गोरखा र धादिङका प्रभावितवासीले गरे मुख्य बजार बन्द

अर्थ संसार, गोरखा/धादिङ– देशको सवैभन्दा ठूलो जलाशययुक्त भनी प्रस्तावित गरिएको १२ सय मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाधनीहरुले उचित मुआब्जा नपाएको भन्दै गोरखा र धादिङका मुख्य बजारहरु ठप्प बनाएका छन् ।

त्यस्तो त्यहाँका स्थानीयले धादिङमा रहेको आरुघाट बजार र खहरे बजार पूर्ण रुपमा ठप्प पारेको छ भने त्यहाँका स्कुल र चल्ने सबारी साधनको आवात जावातमा समेत पूर्ण रुपमा बन्द गरिएको छ । त्यस्तै गरि गोरखामा पर्ने आर्खेत बजार पनि ठप्प बनाएका छन् ।

बुढी गण्डकी सरोकार समितिले कार्तिक १२ र १३ गते बन्दको आव्हान गरेको थियो ।  सोही तालिका अनुसार गोरखा र धादिङ्गका बुढी गण्डकी प्रभावित क्षेत्रहरु पूर्ण रुपमा ठप्प पारेका हुन् । 

स्थानीयको माग पुरा नभए नजिकै आउंदै गरेको प्रदेश र केन्द्रको चुनाबलाइ पनि असर पर्न सक्ने बुढी गण्डकी सरोकार समितिका सदस्य उमेश श्रेष्ठले बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको