Like us!
Follow us!
Connect us!
Watch us!

पैसा तयार पारेर बस्नुहोस्, तीन हाइड्रो पावर कम्पनीका २५ करोड बढीको IPO आउँदै

आइतबार, १२ कार्तिक २०७४, १६ : १३ मा प्रकाशित

पैसा तयार पारेर बस्नुहोस्, तीन हाइड्रो पावर कम्पनीका २५ करोड बढीको IPO  आउँदै

अर्थ संसार, काठमाडौं–  कुल रु २५ करोड ३६ बराबरकोे  साधारण सेयर निष्कासनको अनुमति माग्दै तीन जलविद्युत् आयोजना धितोपत्र बोर्डमा पुगेका छन् ।

निर्माणधिन र सम्पन्न भएका ३ जलविद्युत कम्पनीले सर्वसाधारणलाई आइपिओ जारी गर्ने तयारी गरेका हुन् ।

ती कम्पनीले रु २५ करोड ३६ लाख २८ हजार ६ सय बराबरको २५ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।

आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड र माउन्टेन हाइड्रो नेपाल लिमिटेड रहेका छन् ।

बोर्डकाअनुसार मैलुङखोला जलविद्युतले रु ७ करोड ३६ लाख, घलेम्दी हाइड्रोले रु  ५ करोड ५० लाख र आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् ।
मैलुङ जलविद्युतले ५ मेगावाटको मैलुङखोला आयोजना सम्पन्न गरी सञ्चालन गरिरहेको छ ।

यस्तै, घलेम्दी हाइड्रोले ४ मेगावाटको घलेमदी आयोजना र माउन्टेनले २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । यी ३ वटै आयोजना निजी लगानी र स्वदेशी पुँजीबाट निर्माण भएका हुन् ।

मैलुङले सर्वसाधारण, घलमदी र माउन्टेनले स्थानियबासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेका हुन् ।

जलविद्युत आयोजनाका प्रवद्र्धकले स्थानियबासिन्दालाई न्युनतम १० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने भएपछि सबै कम्पनीले धमाधम सेयर निष्कासन गर्न लागेका हुन् ।

बोर्डमा विभिन्न २० कम्पनीले रु ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । ती मध्ये १६ कम्पनी जलविद्युतसंग सम्बन्धित छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको