अर्थ संसार, काठमाडौं– शिवम् सिमेन्ट लिमिटेडले आफ्ना ग्राहक एवं उपभोक्ताहरुका लागी २० बोरा शिवम् सिमेन्टको खरिदमा सम्मान स्वरुप कम्पनीको तर्फबाट कदर स्वरुप दिदै आएको थप १ बोरा उपभोक्ता योजना आइतबारदेखि समाप्त भएको छ ।
कम्पनीले यही असार १४ गतेदेखिख नेपालभर लागू गरेकोमा देश भरका सिमेन्टका आम उपभोक्ता एवं ग्राहक महानुभानहरुको उत्साहजनक र उल्लेखनीय सहभागिता रहेको थियो ।
शिवम् सिमेन्टले हेटौडा स्थित जर्मन उच्च प्राविधियुक्त प्लान्ट एण्ड मेशिनरी जडित उद्योगबाट आफ्नै चुनढुङ्गामा आधारित किल्ङकर तथा सिमेन्ट उत्पादन गर्दै विश्वस्तरको गुणस्तरीय शिवम् ब्राण्डको ओ.पि.सी. सिमेन्ट उत्पादन र विक्री वितरण गर्दै आइरहेको छ ।
छोटो अवधिमा देशकै सर्वाधिक रुचाईएको ब्राण्ड बन्न सफल यस कम्पनीले हरितालिका तिज, वडा दशैँ, शुभ दिपावली र छठ पर्व समेतलाई मध्यनजर गरी छोटो अवधिका लागी “२० बोरामा कदर स्वरुप थप १ बोरा” योजना लागू गरेको थियो । आम सिमेन्टका उपभोक्ता एवं ग्राहकहरुले यस अवसरको भरपुर उपयोग गर्न सफल भएको कम्पनीले विश्वास गरेको छ ।
शिवम सिमेन्टले गत वर्ष समेत शुभ दिपावलीको अवसरमा उपभोक्तामूखी “चाँदी नै चाँदी”
भन्ने योजना सफलता पूर्वक संचालक गरेको थियो ।
यस २० बोराको खरिदमा कदर स्वरुप थप १ बोरा हाम्रो तर्फबाट योजना सफल पार्न सहयोग पुर्याउनु हुने आम उपभोक्ता एवं समस्त गा्रहक र वितरक तथा व्यापारी वर्गहरुमा हार्दिक धन्यवाद दिन चाहान्छौँ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस