Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरले पायो हकप्रद निष्कासन गर्न आयोगबाट अन्तिम स्वीकृति

अर्थ संसार

सोमबार, २९ साउन २०८०, १८ : १० मा प्रकाशित

रिडी पावरले पायो हकप्रद निष्कासन गर्न आयोगबाट अन्तिम स्वीकृति

रिडी पावर कम्पनी लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अन्तिम स्वीकृति पाएको छ। 

अब कम्पनीले हकप्रद निष्कासन गर्न थप प्रक्रिया अगाडि बढाउनेछ । कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को ४० प्रतिशत बोनस सेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो।

जसअनुसार कम्पनीले बोनस सेयर वितरणपश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ताको ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रसद आफ्ना सेयरधनीहरुका लागि जारी गर्ने निर्णय गरेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको