Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको वित्तीय अपडेट : नाफासँगै घट्याे ईपीएस , कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, ११ : ४८ मा प्रकाशित

अरुण भ्यालीको वित्तीय अपडेट : नाफासँगै घट्याे ईपीएस , कस्ता छन् अन्य सूचक ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नाफा

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ३२.२० प्रतिशतले घटेर ५ करोड ८४ लाख रुपैयाँमा सिमित भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ८ करोड ६१ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

विद्युत बिक्री आम्दानी

कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी भने ८८.९० प्रतिशतले बढेर २६ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १३ कराेड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कुल खर्च

समीक्षा अवधिमा कम्पनीको कुल खर्च २३०.४३ प्रतिशतले बढेर २६ कराेड ३६ लाख ९१ हजार रूपैयाँ पुगेकाे छ । खर्च बढेका कारण कम्पनीको खुद नाफा प्रभावित भएकाे हाे ।

चुक्ता पूँजी

कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ रहेकाे छ ।

अन्य इक्विटी

कम्पनीको अन्य इक्विटीमा ६ करोड ३१ लाख ८७ हजार रुपैयाँ सञ्चित छ ।

ईपीएस

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) एक रूपैयाँ ८५ पैसाले घटेर ३ रूपैयाँ १३ पैसामा सिमित रहेकाे छ ।

कम्पनीकाे प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ३८ पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपात

कम्पनीकाे मूल्य आम्दानी अनुपात ८१.५२ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको