Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशुली थ्री बीमा नबिल बैंकको अगुवाईमा ६ अर्ब ऋण लगानी हुँदै

सोमबार, १३ कार्तिक २०७४, १५ : ३७ मा प्रकाशित

त्रिशुली थ्री बीमा नबिल बैंकको अगुवाईमा ६ अर्ब ऋण लगानी हुँदै

अर्थ संसार, काठमाडौँ– नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको साझेदारीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनामा नबिल बैंकेको अगुवाईमा विविभन्न ६ वटा वित्तिय संस्थाले लगानी गर्ने भएका छन् ।

नविल बैंकको अगुवाईमा नेपाल बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटड र नागरिक लगानी कोषले सहवित्तीयकरण अन्तर्गत रु  ६ अर्ब ऋण लगानी गर्न सहमत भएका छन् ।

बैंक र प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटडेबीच ऋण लगानी गर्ने समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको आयोजनाले जनाएको छ । केही दिन भित्रै ऋण सम्झौता समेत गरिने छ ।

आयोजना डिजाइन, निर्माण (इपीसी मोडलमा) निर्माण हुन लागेको हो ।आयोजना  आगामी पुसबाट निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ ।  आगामी पुसबाट काम सुरु गरी ३ वर्ष भित्रमा सक्ने लक्ष्य राखिएको छ ।

विद्युत प्राधिकरणसँग भएको विद्युत् खरिद स्म्झौताअनुसार प्रति युनिट क्रमश४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा रहेको छ ।

आयोजनाबाट वार्षिक ३० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तिय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको