Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीले दियाे १०० प्रतिशत हकप्रद निष्कासन गर्न बाेर्डमा निवेदन

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १४ : ५३ मा प्रकाशित

अरुण भ्यालीले दियाे १०० प्रतिशत हकप्रद निष्कासन गर्न बाेर्डमा निवेदन

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ । 

कम्पनीकाे वैशाख ६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले १:१ काे अनुपातमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न प्रस्ताव गरेकाे थियाे  । कम्पनीकाे असार ७ गते, सम्पन्न भएकाे विशेष साधारण सभाले प्रतिकित्ता एक सय रुपैयाँका दरले एक बराबर एक कित्ताले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता सेयर हकप्रद मार्फत बिक्रीमा ल्याउने प्रस्ताव पारित गरेकाे थियाे ।

साेही हकप्रद निष्कासन गर्न कम्पनीले धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे । अब उक्त हकप्रद सेबाेनबाट स्विकृत भएपछि निष्कासन गरिनेछ । 

कम्पनीलृ हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।

कम्पनीले उक्त हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम मध्येबाट ९३ करोड ३९ लाख ८१ हजार ३ सय पिके हाइड्रोपावर प्रा. लि. ले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.) को निर्माणको लागि आवश्यक पर्ने स्वपुँजि (Equity) को लागि पिके हाइड्रोपावर प्रा. लि. को संस्थापक सेयरमा लगानी गर्नेछ र बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३ सय यस कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नको लागि उपयोग गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको