Like us!
Follow us!
Connect us!
Watch us!

तमोरको क्षमताबारे विभाग र प्राधिकरणबीच विवाद, आयोजनाको अध्ययन सक्न विभागको आग्रह

सोमबार, १३ कार्तिक २०७४, २० : ५४ मा प्रकाशित

तमोरको क्षमताबारे विभाग र प्राधिकरणबीच विवाद,  आयोजनाको अध्ययन सक्न विभागको आग्रह

अर्थ संसार, काठमाडौं– विद्युत् विकास विभागले तोकिएको समयभित्रै तमोर जलाशय आयोजनाको अध्ययनको कार्य सम्पन्न गरी निर्माण प्रक्रिया सुरु गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ ।

विभागले अध्ययनको काम सम्पन्न गर्न र त्यसपछि के कति क्षमतामा आयोजना निर्माण गर्ने हो, सो को समेत प्रष्ट खाका पेश गर्न प्राधिकरणको ध्यानकर्षण गराएको छ ।

प्राधिकरणले सो आयोजनाको क्षमता ७२० मेगावाटको हुने जनाएको छ । तर विभागले भने कति क्षमताको अध्ययन गर्न अनुमतिपत्र दिइएको हो सोही आधारमा काम गर्न प्राधिकरणलाई आग्रह गरेको छ ।

विभागले आज यहाँ सम्वद्ध पक्षसँग गरेको छलफलमा अध्ययनको काम सम्पन्न गर्न प्राधिकरणको ध्यानकर्षण गराएको हो ।

विभागका महानिर्देशक नविनराज सिंहले क्षमता वृद्धि भन्दा पनि तोकिएको समयमा नै अध्ययन सकेर काम सुरु गर्न प्राधिकरणको ध्यानकर्षण गराएको जानकारी दिनुभयो ।

तमोर जलाशयकै पेरीफेरीमा पर्ने गरी यसअघि नै विभागले ३७.६ मेगावाट क्षमताको काबेली ए र २१.६ मेगावाटको तल्लो हेवालाई अनुमतिपत्र दिएको छ । ती दुई आयोजनाका कारण तमोर जलाशययुक्त आयोजनाको क्षमता ७२० मेगावाट बनाउन नसकिने धारणा विभागको छ ।

तर प्राधिकरणले भने प्राकृतिक स्रोतको उच्च सदुपयोग गर्ने भएकाले ७२० मेगावाटमा नै निर्माण गर्नुपर्ने धारणा राख्दै आएको छ । महानिर्देशक सिंहले अध्ययन सकिएपछि क्षमताको बारेमा समेत निर्णय हुने छ ।

छलफललमा प्राधिकरण, पेरीफेरीमा पर्ने आयोजनाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको