Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेविरूद्ध बलात्कार मुद्दा : अदालतले माग्यो पीडितको आमाको नागरिकता

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, १४ : ४६ मा प्रकाशित

सन्दीप लामिछानेविरूद्ध बलात्कार मुद्दा : अदालतले माग्यो पीडितको आमाको नागरिकता

काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीको आमाको जन्ममिति सम्बन्धी कागजात मगाउने आदेश दिएको छ ।

बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हाे । आजदेखि निरन्तर सुनुवाई गर्ने भनिएकाेमा कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उनकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्ममिति खुल्ने कागजात मगाइएको हो ।

अब पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात आएपछि मात्रै उक्त मुद्दामा सुनुवाइ हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको